Friday, April 20, 2012

मुक्तक

नांगो शिर लुकाउने बास लुटिदियौ
भोको पेट भर्दै थिएँ गाँस लुटिदियौ
मानवताको रत्तीभर आभाष रहेनछ
खुशी साथ बाँच्ने मीठो आश लुटिदियौ ।

सहि मान्छे टिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
सत्य बोली बिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
के गर्छौ र साथी?मान्छे,मान्छेबाट झरी सक्यो
असल कुरा सिक्न गार्‍हो छ यो दुनियाँमा अचेल.......,

न हाँस्न सक्छु ब्यथा भुलेर
न बाँच्न सक्छु आज खुलेर
एक मुट्ठी सास धान्नै पर्‍या छ
गुलाफ झैँ तिखो काँढाबिच फुलेर........../

जोश,जाँगर छ पाखुरीमा,प्रयोग गर्ने कहाँ युवाले ?
प्रगतिको बिउ छ मस्तिष्कभरी,छर्ने कहाँ युवाले ?
छैन कँहि प्रेरणा र उत्साहको रत्तिभर मीठा शब्दहरु
देशको माटो बन्यो पराई,भन अब मर्ने कहाँ युवाले ?

कल्पनामा नडुब है यस्को कुनै भर हुन्न
माया भन्ने चिजको निस्चित कुनै थर हुन्न
कल्पनु र माया गाँस्नु क्षणभरको खेल हो
अन्योलमा फँस्दाखेरि जीवन बित्ने घर हुन्न ....../

0 comments:

Post a Comment