मान्छेको खाल ओडि बाँचिरै'छ पशु मन
स्वार्थको नाता जोडि बाँचिरै'छ पशु मन ।
जूनी चैं मान्छेको छ ब्यवहार जनावरको
मनुष्य कर्म तोडि बाँचिरै'छ पशु मन ।
हरियो बन मासी रोपिरैछ काँढाघारी
काँढाकै बोट गोडि बाँचिरै'छ पशु मन ।
असत्य साथ लिइे कुमार्गको बाटो हिँड्दै
सत्यको साथ छोडि बाँचिरै'छ पशु मन ।
मानिस हुँ भन्न पनि लाजमर्दो हुन्छ अचेल्
श्रद्धाको मुख मोडि बाँचिरै'छ पशु मन ।
रचना -अप्रिल २२ १२
0 comments:
Post a Comment