Tuesday, May 29, 2012
कबिता
"कस्तो रणभुल्लमा परियो हरे !!!!!!!"
चिच्याइे चिच्याइे
माँग्यौँ संबिधान
तर..... सेता महलभित्र
चार बर्षसम्म कैद रहेर
राजनीतिका खेलाडीहरु
मात्र स्वार्थको भकुण्डो
खेल्न सफल भए।
संबिधानलाई हातको
नरिवल बनाएर
केवल हातै हातमा
घुमाइे रहे
तर...... अंह,
पाएनौं जनताले
संबिधानरुपी नरिवलको
चिसो अमृतमय रस पिउन
जस्को निम्ती आम नेपाली
काकाकुल झैं त्रिषित थिए ।
कोही मधेश हडप्ने दाउमा ,
कोही पाकेका छन्
जातिय बिभेदको घाउमा ,
कोही बाँचेका छन्
पेटको सारंगी रेट्दै ,
कोही लाचर छन् पर्न
बिदेशको पाउमा ।
कस्तो रणभुल्लमा
भासियौं हरे!
अब पक्कै,
छिमेकीले दागा धरे
तर पनि निस्चिन्त छन्
कानुनका रखवालाहरु
यता भने फेरि,
जात,भात र बिभेदमा नै
मस्त छन् हर नेपालीका
अभिभाराहरु ।
कस्तो नियती भोग्नु पर्यो हरे !
सारा नेपाली आज दोधारमा परे
भोलीको घाम उदाउला,नउदाउला
आशाका ती ज्योतिहरु यतिखेर
कालो अन्धकार निल्दै मरे .............../
रचना- मे/२९/ १२
0 comments:
Post a Comment