Friday, May 11, 2012

कबिता

  "बस् फरक यत्ती हो "


ऊ,
एकतर्फी रिसाहा बादल 
अनि , 
 ऊ, 
अर्कोतर्फी
कालो मुस्लोरुपी बादल।
यी दुवैको घच्चाघम्सिमा 
अनि रगडाइेमा निस्कन्छ
आगोका लप्का झैँ
बिजुलीका झिल्कोहरु
अनि .........................,
गुन्जन्छ पहाड नै थर्काउँने
कर्कस आवाजहरु,
मुटु नै कँपाउने चट्याङहरु,
लाग्छ,सिंगो आकाश
यिनीहरुकै निजी पेवा हो ।
यस्तै,यस्तै बादलरुपी
कालो मुस्लो मनहरु पनि
बादलजस्तै आफुलाई 
सर्वेसर्वा ठानेर सिंगो धर्ती मेरै हो 
भन्ने भानले
एकापसमा सिंगौरी खेल्दै
जुधिरहेछन् बलजफ्ती
लाग्छ,
यिनीहरु पनि सोंच्दाहुन्
बादल झैँ आकाश 
मेरै हो भन्ने अहमरुपी 
फोस्रो भ्रममा परे झैँ ,
यो धर्ती,यो माटो
मेरै मात्र हो भन्ने
रित्तो अभिमानमा  ।
क्षणभरको स्वार्थमा
 पौँठेजोडी खेल्दै
बित्दछ समय ,
आखिर.........,
आकाश डग्मगिन्न कसैपनी
बादलको थर्काइेमा ।
धर्ती भासिन्न अहंकारीहरुको
कुस्ताकुस्तिमा ।
बस...... यती मात्र हुन सक्छ
बादलको गड्गडाहट र चम्काइेमा
स्वछन्द उडिरहेका चराहरुका
बास बिथोलिन सक्छन्
धर्तीमा मच्चिएका घच्चाघम्सीमा
एकपेट जुरेका अन्नहरु
पोखिन सक्छन् ,
बस् फरक यत्ती हो
बादल चड्किनु र बलको
घच्चाघम्सी  हुनुमा ............./


रचना - मे/  ११/ १२

0 comments:

Post a Comment