ढुक्क बनी सबै कुरा कसैसँग खोल्नु हुन्न
मनमा भ'को पिर,ब्यथा आफ्नो ठानी खोल्नु हुन्न
बुद्धी,बिवेक लगाएर हर कदम चाल्नु पर्छ
संकटमा पर्ने कुरा हत्त,पत्त मोल्नु हुन्न ......../
दर्हो साथ चाहिन्छ पर्दाखेरी भन्छन्
मलामी चाहिन्छ मर्दाखेरी भन्छन्
त्यो त अवस्थाले जाहेर गर्दछ शायद
टेको चाहिन्छ ओरालो झर्दाखेरी भन्छन् ........./
उडीजाने बतासैमा सिमलको भुवा जस्तै
हारिजाने खेलै खेलमा जुवाडेको जुवा जस्तै
यस्तै रैछ जिन्दगी यो जसै पनि हाँस्नु पर्ने
निभेको त्यो चुल्होबाट निस्किदिने धुँवा जस्तै ...../
त्यो आत्मालाई हिमाल झैँ उच्च बनाउ
नेपाली सब बीरजाती भनि जनाउ
जात,जाति केही होईन सबै हामी मानव
साँचो माया,तातो रगत देशमै खनाउ ....../
कल्पनामा नडुब है यस्को कुनै भर हुन्न
माया भन्ने चिजको निस्चित कुनै थर हुन्न
कल्पनु र माया गाँस्नु क्षणभरको खेल हो
अन्योलमा फँस्दाखेरि जीवन बित्ने घर हुन्न ....../
संघारमा झुल्के घाम आइे हाँसेछ
कालरात्री अन्धकारको जरै मासेछ
पूर्वतिर लाली छर्दै मस्त बनेर
क्षितिजमा आफुलाई अहो!टाँसेछ ......../
0 comments:
Post a Comment