Tuesday, September 4, 2012

( गजल )

जिन्दगीले कोल्टे फेर्दा छेक्न सकिन
आफ्नो मनको कथा यसै लेख्न सकिन ।

जता हिँडुं ठेस लाग्छ पाइेला रोकिन्छन् 

कामेका यी गोडाहरु टेक्न सकिन ।

कर्म पनि कस्तो हरे! सधैं रुनु छ
भाग्य आफ्नो चिथोरेर देख्न सकिन ।

सुख,शान्ति कुनै दिन फेरि आउला
तरै पनि आश्वासनमा थेग्न सकिन ।

कठ्याङ्रियो दिल पनि झुठो आशमा
चिसो मेरो मनलाई सेक्न सकिन ।

रचना - सेपेटेम्बर ४/ १२

0 comments:

Post a Comment