Monday, September 3, 2012

मुक्तक

किन हामी लड्दै छौं नि जात,भात थरमा
ढुक्क परि राजनीति छाडी जालिको भरमा
कोलाहल र संग्राम मच्चाइे शान्त देशमा
गरीबको चुल्हो अब कसरी बल्ला घरमा ????????

अनाहकमै लडेर अशान्तिले देश बल्यो
नेपालीको शिर आज नचाहेरै पनि ढल्यो
बन्द,हड्ताल,जुलुसले सबै अब खिन्न भए
देशको आँत सुकेर मन,मुटु सबै जल्यो ......../

हामी भने नाता बिर्सी एकापसमा लढ्दैछौँ
एकार्काको खुन पिउँन अन्धो बनी बढ्दैछौँ
खुच्चिङ मच्चाइे टाउकेहरु रमिते बन्दैछन्
काँढा बनी आफैबिच मुटु दुखाइे गड्दैछौँ ........../

सुँक्क सुँक्क सुस्तरिमा नेपालआमा रुँदैछिन्
पीडा बोकी आफ्नै छाती सुम्सुम्याउँदै छुंदैछिन्
सन्तान भने भागबन्डामा सबैजना मस्त छन्
आफ्नो पीडा आसुँले नै दुखी बन्दै धुँदैछिन् .............../

रचना- मे/ २४/ १२

0 comments:

Post a Comment