Friday, September 7, 2012

गज़ल


असत्यको राज यहाँ कैलेसम्म चल्ने हो ?
पीडाको यो ज्वालामा मन् कैलेसम्म बल्ने हो ?

उत्साहको सास फेर्दै बाँच्ने प्रण गर्दैछु
हतोत्साहि बनी गोडा कैलेसम्म गल्ने हो ?

आशाको दीप् बालेर नै समय यो बित्दैछ
हेर्दै जाउँ खुशीको पल कैले सम्म टल्ने हो ?

मेहेनतले गोडी गोडी परिश्रम रोपेँथें
प्रतिक्षामा बसेकी छु कैलेसम्म फल्ने हो


सफल्ताको घडी गन्दै जिन्दगी यो बित्ने भो
यो भाग्यले "प्रभालाइे"कैलेसम्म छल्ने हो ?

रचना - सेपेटेम्बर/ ७/ १२

0 comments:

Post a Comment