"कालरात्री"
कसैको निन्द्रा हराम गरेर
आफु निदाउँन खोज्नेहरुको
न्यानो बिस्तरालाइे,
कुनै दिन आँधी,हुरिको
पापिष्ट बेगले अवश्य नै
उडाएर लान सक्छ ।
जब ती पापी आँखाहरु
निदाउँन तम्तयार पर्दछन्
तब निन्द्रा देवी ती
आँखाहरुमा कालो
बादल बनेर मन्डाराउँनेछिन्
र.............,
तहस,नहस बनाउँनेछिन्
ती सपनाका महलहरु ।
हो,आफु पनि निदाउँन
सक्नु पर्दछ
अनि..........,
अरुलाइे पनि निदाउँन
दिनु पर्दछ ।
ओछ्यान सबैको आ-आफ्नो
पेवा हुन सक्दछ
तर.......रात,निन्द्रा,सपना
कसैको निजी हुन सक्दैन
त्यसैले....,
कसैको निन्द्रालाइे
बिथोलेर आफु बिजयको
लिस्नो चढ्न सकिन्न
कसैको रातलाई अधिनमा
पार्छु भन्ने भ्रमित इेच्छा
कहिल्यै सफल हुँदैन ।
हो,खोस्न सक्छन्
ओछ्यानहरु,
लुट्न सक्छन् आरामका
सिरानीहरु,
तर.... कदापी
लुट्न सक्दैनन्
सपनाका भुवारुपी सिरानीहरु
जो उडिरहेका हुन्छन्
स्वतन्त्रसँग आफ्नै मानसपटलमा
रंगिन संसारमा रुमल्लिँदै ......../
त्यसैले....यो सोंच्नु
तार्किक हुन्छ,
सपना आफुले देखे जस्तै
अरुले पनि देख्न सक्छन्
निन्द्रा देवी सबैको प्रिय
हुन सक्छिन् ।
रात सबैकोनिम्ती
आफ्नो बनेर आउँछ
सपना देख्ने अधिकार
सबैमा हुन्छ ,
तर...अँह,
कसैको निन्द्रा खोस्ने अधिकार
अनि...........,
सपना बिथोल्ने अधिकार
कसैलाइे हुन्न,
जस्ले यसो गर्ने
दुष्प्रयास गर्दछ
शायद,
उस्ले सधैं नै
दु:ख,पीडा र पस्चतापको
कालरात्री भोग्नु पर्दछ,
जहाँ ऊ........,
निदाउँने प्रयास गर्दछ
उस्का आँखाहरु दिर्घकालिनकालागी
बन्द हुनेछन्,
न त्यँहा सपना नै हुनेछन्
न त त्यँहा निन्द्राको
अनुभूती नै हुनेछन् ......./
रचना -सेप्टेम्बर/ ९/ १२
0 comments:
Post a Comment