Friday, November 16, 2012

( गजल )

                    

बिधुवाको सिउँदो जस्तो खाली भयो जीवन यो
आफैलाई धोका दिने जाली भयो जीवन यो ।

सोंचे जस्तो जीवनमा कहाँ हुँदो रैछ साथी ?
पत्कर् पनि स्वीकार् गर्ने माली भयो जीवन यो ।

जहाँ जाउँ स्वार्थै स्वार्थ कस्को मन सफा छ र ?
धोकामा नि बजी दिने ताली भयो जीवन यो ।

स्वार्थभरी रीत यस्तै जहाँ सत्य त्यँहा धोका 
जती भर्‍यो रित्तिजाने थाली भयो जीवन यो ।

ओत लाग्ने ठाउँ छैन जहाँ जतै खुल्ला आकाश्
जती छायो भत्कि जाने पाली भयो जीवन यो ।

रचना -सेप्टेम्बर/ ५/ १२

0 comments:

Post a Comment