Friday, November 16, 2012

रुबाइेयत

अरुलाइे तल खसाइे ताली पिट्ने मान्छे
अरुको उन्नत्तिमा दार्‍हा किट्ने मान्छे
आखिर तिमी गिर्छौ,गिर्छौ आफ्नै मनबाट
अरुको इेज्जतमा हिलो छिट्ने मान्छे ............/

मनको दियो बालेर माइेती पुज्दैछु म
बिछोडको पीडा पनि बल्ल बुझ्दैछु म
सप्तरङी टिका पनि हातमै सुकी गयो
सम्झनाको आँसुले आज रुझ्दैछु म .............../

जिन्दगीमा जित होईन हार मात्र पाएकीछु
विश्वासको भ्रममा परी धेरै धोका खाएकी छु
जस भन्दा,अपजस धेरै हात लाग्यो सधैंभरी
सुख भन्दा दु:खसँगै मैले मीत लाएकीछु .........../

कहिले बाध्यताको साँग्लोमा बेर्‍हिनु पर्ने
कहिले निराशाको त्यान्द्रोमा सेरिनु पर्ने
खै!कस्तो,कस्तो परिस्थिती आइेपर्दो रैछ
नचाहेर पनि नियतिको बारले घेरिनु पर्ने

0 comments:

Post a Comment