( कथा )
"सो केशमा सजिएको त्यो घडी "
प्रत्येक पटकको फोनको वार्तालापमा उन्को एउटै माँग हुन्थ्यो । ठुल्ठ्लो अंक भएको आँखाले ठम्म्याउने हातमा बाँध्ने घडीको । मैले थाहा पाइेन्जेल सम्म बुढेसकालमा पनी घडी,चस्मा र अन्य सामाग्रीको रहर थ्यो उन्लाइे । यसरी हरेक फोनको भलाकुसारीमा हातमा लाउने ठुल्ठुला अंक भएका र टम्म नारिमा देखिने घडीको माँगमा उनी अडिग थिइेन् उसो त मलाई पनी उन्को माँग अनुसारको घडी किनेर लागिदिने बिचार न-आएको कहाँ थियो र ? म प्रत्येक् पटक शपिङ मल जाँदैपिच्छे घडी राखिएको सोकेश नेर पुगेर ठुल्ठुला अक्षर भएका घडी खोज्दथेँ तर कुनै औधी ठुला,कुनै घडीको ओजन नै गर्हौँ अनी बुढेसकालको त्यो दुब्लो हातले थाम्न नै नसक्ने घडी भेटिन्थे । भेटेदेखी कोही जाँदा नै पठाइेदिने मन्शाय पनी हो । यसरी उन्को माँग अनुसारको घडी हेर्ने र खोज्ने क्रममा महिनौँ बिते तर अँह....,उन्ले भने जस्तो र उन्लाई मिल्ने घडी पाउन सकिन । नेपाल जाने समय पनी नजिक नजिक आइेरहेथ्यो । मेरो घडी खोज्ने क्रम र उन्को इेच्छा पुरा गरिदिने धोको पनी मेटिएको थिएन । म लागिपरेकी थिएँ उन्को इेच्छा अनुसारको नारिघडी किन्ने सोंचमा जस्का अंकहरु प्रष्ट देखिनु पर्ने । उन्लाई राती उठेर पनी घडी हेर्नु पर्दथ्यो ।
एकदिन फेरि म मल गएँ । उसरी नै घडी हेरेँ । बल्ल बल्ल एउटा भेटें उन्ले भने जस्तो । किन्नलाई तयार पनी भएँ सोकेशबाट उक्त घडी हातमा पनी लिएँ तर....,अफ्सोच!मेरो दिमागमा के आयो कुन्नी? मलाई त्यो घडी त्यो समयमा किन्न मन लागेन। "आ......पछी आएर लिन्छु" भन्ने सोंच आयो । म आफै आस्चर्यचकित भएँ मलाई किन त्यो घडी किन्न मन लागेन ? न मलाई पैसाको लोभ नै भएको हो,न त नलगिदिने बिचार नै थियो ।
मैले त्यो घडी फेरि सोकेशमा उसरी नै सजाएर राखी दिएँ र घरतर्फ आएँ । घर आइेपुगेको केही समयपछी नेपालबाट फोन आयो "आमाको देहान्त भयो रे। " यस्तो बिव्हल खबरले हामी सबै पीडा र रोदनले आक्रान्त बन्यौं । म भने आमाको देहान्तले मात्र होइेन उन्को ठुल्ठुला अंक भएको घडी लाउने इेच्छा पुरा गर्न नसकेकोमा बिचलित बनें । मलाई लाग्यो त्यस्तो अशुभ खबर आउन रैछ र त मलाई उन्को इेच्छा अनुसारको घडी भेट्दा पनी किन्ने मन भएन। आज म त्यही मलमा उभिएकी छु र मेरो अघाडी त्यही सोकेश छ । उक्त घडी उसरी नै सजिएको छ र त्यो घडीले मलाई गिज्याइे रहेको आभास भएको छ। म भने कल्पनाको सागरमा पौडिएर त्यो घडी आमाको हातमा सजिएको भ्रममा रहेछु। कल्पनाबाट झ्याँस्स यथार्थमा आइेपुग्दा दुवै आँखा अश्रुधाराले निथ्रुक्क भिजिसकेको रहेछ । हो....,म त्यही ठुल्ठुला अक्षर भएको घडी नियाली रहेकीछु यो बेला। मेरी म्रित आमा (सासुको ) सम्झनामा डुबुल्की मार्दै ।
रचना मे -१०-१३
0 comments:
Post a Comment