( गजल )
तिमीलाई चाहनुले चढ्नु पर्यो फाँसी
तिम्रैनिम्ती मृत्यु रोजें आज हाँसी हाँसी।
चाहनाको हुन्नरैछ सिमारेखा यहाँ
जीवन मेरो यसै बित्यो प्रेममा नै भासी।
मैले सम्झें तिम्रो प्रीत सधैं ताजा बास्ना
तिम्ले ठान्यौ मेरो माया यस्तै सुख्खा बासी ।
म त सोंच्थें हाम्रो माया अजम्बरी फूल
खुशी बन्यौ तिमी भने हाम्रो माया मासी ।
मन मर्जी गर अब तिम्रै इेच्छा माया
मैले भने बिदा लिएँ जिजीबिषा नासी ।
रचना - सेप्टेम्बर/ १५/ १३
0 comments:
Post a Comment