१ )
दिदी,बैनी तीजमा रमाउँदै नाँच्दो हो
बारुले त्यो कम्मर कती ठाउँ भाँच्दो हो
हात समाइे .............,
नाँच्दैछौ कि सबै रमाइे !!!!!!!
२)
तीज आयो बरिलै माइतीको घरमा
आफु भने बाँच्नु छ पराइेको भरमा
मन दुख्दैछ ...........,
आँखाभित्रै आसुँ सुक्दैछ !
३ )
रातो साडी किने है तीजमा नै लाउन
दाजु,भाइ चाँडै नै लिनलाई आउन
पेट कस्याछु ............,
दर खान पर्खि बस्याछु !!!
४ )
आडम्बरी नबनौँ तीज जस्तो चाडमा
चेलीबेटी जान्छन् है माइेतीको आडमा
खुशी भएर ..........,
दर खान्छन्
माइेती गएर !!!
५ )
प्रवासको तीजमा सेलायो नि रहर
मनभरी सम्झँदै काट्दैछु म प्रहर
आँखा छल्कियो ...........,
मनभित्र आगो सल्कियो !!!
रचना - सेप्टेम्बर/ ४/ १३
0 comments:
Post a Comment