Sunday, September 15, 2013
( कविता ) " कामुक बयेली स्पर्ष "
साँझपख गैर्ही खेतमा
क्षितिजसँगै देखिने
रंगिन धानका बालाहरुसँगं
हावाका अनेकौं झोंक्काहरु
धानका पालुवाहरुलाई
स्पर्ष गर्दै छिल्लिँदै
चुम्न आउँछन्
बयेली खेल्दै।
छि:कस्तो छिल्लिन
जानेको होला
हावाले त्यस्तरी ?
पालुवाकै बैंश चोर्नेगरी।
बयेलीको जिस्काइेमा
ऊ,पनि नक्कचरी बनेर
जिस्किन्छे,मस्किन्छे उस्तै,
कठै!!!कुखुरे बैंशको
अन्जान पलमा
क्षितिज उस्तै
रगताम्य बनेर
उस्को लालीसँग
पौंठेजोरी खेल्न
तम्तयार हुँदै
आकाश ढाकेर फैलिदिन्छ
लमतन्न बन्दै ।
अनि ........,
समय पनि रंगिन फूल बनेर
मुस्काउँदै ती बालाहरुको
सुकुमारी बैंशको तमाशा
हेरिरहन्छ,
यता हरियालीको आगमनमा
बयेली आफ्नो कामुक स्पर्षले
धानका अंग अंगसँग
आनान्दानुभुतीको आभाषमा
छिल्लिरहन्छ/जिस्किरहन्छ ....../
रचना - सेप्टेम्बर १२/ १३
0 comments:
Post a Comment