Friday, January 10, 2014

( कविता ) " तिम्रै बुई चढ्छन् कलमकर्मीहरु "



कविता
तिमी तीन अक्षरमा 
सजिएको त्रिमूर्ती 
तिम्रो माध्यम भएर
कति भावनाहरु 
बहन्छन्, 
शुन्य आकाशको हावा झैं 
सरर आफ्नै गतिमा । 
अनि..., 
फेरि तिमी भएरै पो 
गर्छन् बिलौना 
आफ्ना दु:खद पीडाको 
र,
कवितै भएर उर्लिन्छन् 
औसत भावहरु खहरे 
उर्लिए झैं। 
अहो!कति आनन्द ?
कविताको बुइे चढेर नै 
साहित्य शिखर चुम्छन् 
कविहरु। 
अक्षरहरुको इेंटा थप्दै 
शब्दरुपी महलहरु  
ठड्याउँन उस्तै खप्पिस,
अर्थात..., 
बिचारहरुलाई कैद गर्दै 
शब्दको बारी खन्छन् 
अनि आफु खेतालाको 
अभिनय गर्दै 
कविताको हली बनेर 
नार्छन् संबेदनशिल कलमहरु 
गोरुको पर्याय बनाइे ।  
कविता के तिमी 
सहमत छौ 
अरुको भावनामा 
समाहित हुन ?
आफ्ना तीन बर्णहरुलाई 
बन्धक राखेर आफैमाथी 
ढलिमली गर्न दिन ? 
के तिमीलाई 
स्वीकार्य छ ?
कविता तिमी त साँच्चै  
नाँची रहेछौ बनेर कठ्पुतली 
सारा कलमकर्मीका औंला 
औंलाहरुमा । 
हो.....,
कविता, 
तिमी बाँची रहेछौ 
तीन बर्णको त्रीमूर्ती भइे  
अरुकै दासतामा 
भावना र शब्दको 
कोशेढुङाबिच निरीह सुनाखरी बनेर,

0 comments:

Post a Comment