( गजल )
सुरा सुन्दरीको बर्णन गरेर मात्र हुन्न गजल
बिम्ब र प्रतीक केवल छरेर मात्र हुन्न गजल ।
गजल बिधाले खोज्दछ नियम यती गती बिश्राम
रदिफ,काफियामा खुसुक्क चरेर मात्र हुन्न गजल ।
लाग्छ दाँतमा ढुङ्गा शब्द र भावको सम्बन्धमा
अक्षर गन्तिको भरमा परेर मात्र हुन्न गजल ।
मै हुँ गजलको निसाफी भन्नेको नि छुट्दछ पसिना
नियम तोडेर भावना भरेर मात्र हुन्न गजल ।
बल्ल अब जानें गजल नियम भनी ढुक्क नपरौँ
गजल सागरमा नचोखी तरेर मात्र हुन्न गजल ।
रचना - डिसेम्बर/ ३०/ १३
0 comments:
Post a Comment