Tuesday, February 11, 2014

(श्रिङारिक् गजल )







उमेर पुगी भन्दै हेर्छन् लक्का जवानहरु  
छेउमा आइ मलाई केर्छन् लक्का जवानहरु । 

कैले भन्छन् माया गर्छु कैले भन्छन् के'के 
आफ्नो घाँटी सम्म सेर्छन् लक्का जवानहरु । 

यता उती चक्कर काट्छन् घोर्ले पाठो जस्तै 
नक्कल गर्दै कुरा फेर्छन् लक्का जवानहरु । 

उर्लिएको जोबनलाई पार्दै मदमस्त 
जवानीकै मातले बेर्छन् लक्का जवानहरु । 

तरुणीको साथ पाउँदा छाती फुलाउँदै 
जे भने नि ठयाक्क टेर्छन् लक्का जवानहरु ।         

रचना - फेबरवरी/ २/ १४ 

0 comments:

Post a Comment