Monday, January 30, 2012

गीत

गलैंचाको धागोसंगै बेर्हिंदैछ खुशी मेरो
चिसा चिसा रातसंगै बेचिंदैछ रात मेरो ......../

संगाल्न के आएँथेँ म जिन्दगीको झुपडीलाई
त र आज भत्कँदैछन आशाका ती महलहरु .........../

गलैँचाको धागोसंगै चुँडिदैछ आशा मेरो
न्यानो,न्यानो स्पर्षसंगै मेटिंदैछ सिउँदो मेरो ......./

अंगाल्न के आएँथें म खुशीको संसारलाई  
त र आज चिंसिदैछन खुशी हाँस्ने आँखाहरु ......../

गलैंचाको....................../

(रचना २०५८ हस्तान्तरण गायिका पवित्रा सुब्बा )

0 comments:

Post a Comment