गलैंचाको धागोसंगै बेर्हिंदैछ खुशी मेरो
चिसा चिसा रातसंगै बेचिंदैछ रात मेरो ......../
संगाल्न के आएँथेँ म जिन्दगीको झुपडीलाई
त र आज भत्कँदैछन आशाका ती महलहरु .........../
गलैँचाको धागोसंगै चुँडिदैछ आशा मेरो
न्यानो,न्यानो स्पर्षसंगै मेटिंदैछ सिउँदो मेरो ......./
अंगाल्न के आएँथें म खुशीको संसारलाई
त र आज चिंसिदैछन खुशी हाँस्ने आँखाहरु ......../
गलैंचाको....................../
(रचना २०५८ हस्तान्तरण गायिका पवित्रा सुब्बा )
0 comments:
Post a Comment