यथार्थमा जिन्दगी त श्रावणको भेल रैछ ।
जस्ले पायो उस्ले खेल्ने भकुण्डो झैँ खेल रैछ ।
कहिले कस्को लात लाग्ने कहिले कस्को हात लाग्ने
एकार्कामा छ्क्याउँदै गर्नु पर्ने झेल रैछ ।
मिलीजुली खेल्दा पनि हारजित गर्नै पर्ने
जाने पनि हार्नु पर्ने एउटा सत्य मेल रैछ ।
रफ्तारमा दौडाउँदै आफुलाई अघी सारी
अरुको नै बोझ बोक्ने डब्बारुपी रेल रैछ ।
उडुँ भनी प्वाँख हाल्दा न त आकाश आफ्नो हुन्छ
परिबन्द माखेसाङ्लो घर संसार जेल रैछ ।
रचना: १२ अगष्त २०११
0 comments:
Post a Comment