Monday, January 30, 2012

गज़ल

 परदेशमा अल्झी रैछु तीजमा आउन सकिन भाइ
माइती घरको मीठो माया यो बेला  पाउन सकिन भाइ।

बन्धनमा फँसे म'त उम्किन मलाइे कठिन पर्‍यो
तीजरुपी चाडबाडमा अहिले  छाउन सकिन भाइ।

आकाश धर्ती एउटै छ तापनी माइती कहाँ हो कहाँ ?
दुरदेशकी चेली बनेँ त्यसैले धाउन सकिन भाइ।

रातो साडी चुरा पोँते हेरेर चित्त यो बुझाइे रैछु
माइतिलाइे चोखो माया चाहेर लाउन सकिन भाइ।

मन मेरो रोइरै'छ तापनी हाँसेर बाँच्दैछु म
मीठो स्वरले संगिनी गीत नाँचेर गाउँन सकिन भाइ।

( अगस्त १५ /२०११ )

0 comments:

Post a Comment