झरी बनी बर्षीरह्यो यी आँखाको पानी आज
विश्वासले मारिरह्यो गल्ती मेरै जानी आज ।
मन मेरो सधैंभरी अज्ञानताकै बाटो हिंड्यो
त्यसैले त दुखी रहें दु:ख आफ्नो ठानी आज ।
जसो तसो बाँचीरैछु दु:खजिलो गरेर नै
आफुलाइे उभ्याइेरैछु कठिन् सास धानी आज ।
बाँचिरछौँ अन्योलमा हामी सबै भ्रममा परि
मान्छेलाइे देवताकै अर्को रूप मानी आज ।
जिन्दगी हो काट्नैपर्छ जस्तो संकट् आएपनि
"प्रभा"पनि बाँचिरैछे दु:ख ब्यथा छानी आज ।
रचना -अगस्त/ ३०/ २०११
0 comments:
Post a Comment