Monday, January 30, 2012

गज़ल

                                        
जहाँ जता बसे पनि मर्न भने देशमै पाउँ है
बाध्यताले बाँधेपनी अन्तिम् घडी देश नै जाउँ है ।

बिदेशको धुनमा यदी नाँचे,गाए हाँसे पनि
हाम्ले भने आफ्नै देशको राष्ट्रिय गीत नै गाउँ है । 

हाम्रो धर्ती अन्धकारमा डुब्न लाग्यो हेर साथी
अन्धकार हटाउँन ज्योति बनी हामी  छाउँ है ।    

पसिना त बगायौँ है अरुको नै देशकोलागी
बाँकी श्रम देशमै गर्ने देव भाकी कसम खाउँ है ।

बाध्यता हो हामी सब्को पराइेलाई माया गर्ने
मन बचन् र कर्मले राष्ट्रलाइे माया लाउँ है ।

( रचना -सेप्टेम्बर/ १०/ २०११ )

0 comments:

Post a Comment