सुनाखरी फूल बनी फुल्न मन लाग्यो
सुकेकै मुढामा नि झुल्न मन लाग्यो ......./
हरियाली हुनेहरु हुन्छन् आफै सुन्दर
कुरुपको छातीमा नै खुल्न मन लाग्यो ।
एैँशेलु त्यो फल बनी फल्न मन लाग्यो
काँढासँग हाँसेर नै गल्न मन लाग्यो ......../
बनमा जङलमा हुर्केर नै जीवन साँच्दै अझै
रस भर्दै अधरलाई छल्न मन लाग्यो ...../
सुनाखरी ............../
( रचना -मार्च /१२ /२०११
0 comments:
Post a Comment