माया त्यो हो जो नापेर नापिन्न
मायामा कहिल्यै नी भिख थापिन्न
मायाको अर्थ केवल दिनु मात्र हो
मायाको बिज्ञापन कहिल्यै छापिन्न ।
मन मुटु एक गरी माया दियौ तिमीले
फेरि किन स्वार्थी बनी फिर्ता लियौ तिमीले
मेरो मनलाई उधारेर निर्दयी बन्दै आज
आफ्नो चाँहि मन जनतले सियौ तिमीले ।
दिनु नै थियो धोका तिमीले साथी
मायाको अभिनय किन रच्यौ म माथी
झप्काउँन छाडे यी परेलीहरु मेरा
कोल्टे फेर्दै बिताउँछु हर प्रहर राती ।
जिन्दगी सधैं उधारो आशामा चल्यो
कल्पनाको महल अनायस नै जल्यो
सजाइे राखेथेँ सुरक्षाको पर्खाल त्यो
जिजीबिषाको छानो हरे गर्लम्मै ढल्यो ।
0 comments:
Post a Comment