Monday, January 30, 2012

गज़ल

नअल्झ है पछ्यौरीमा फुक्न गार्‍हो पर्ला
प्रेमरुपी पाइेलाहरु रुक्न गार्‍हो पर्ला ।

मात्तिएर उठेको त्यो शिर तिम्रो फेरि
धोका खाइे शर्माएर झुक्न गार्‍हो पर्ला ।

प्रेम सधैं अमर हुन्छ भन्ने पनि छैन
तिर्खाएको माया तिम्रो लुक्न गार्‍हो पर्ला।

मौलाएका आशाहरु फेरि टुट्न सक्लान्
धोकारुपी ऋणहरु चुक्न गार्‍हो पर्ला ।

सजाएका सपनालाइे बिर्सिदेउ अब
नयनका आसुँ पनि सुक्न गार्‍हो पर्ला ।

( रचना -जुलाइे/ ६/ २०११ )

0 comments:

Post a Comment