Sunday, January 29, 2012

कथा

        " नेपथ्यको आवाज "                   

नेपथ्यबाट आवाज आयो.........."हेर,सुन,लौ जाग कबि हो । कति झोक्रिएर भावनामा डुब्छौ ? कति कलमलाई आफ्नो बेदना र आक्रान्त ओकल्न लगाउँछौ ? उठ !जाग अनि बोक हातमा लाठी र काँधमा भिर बन्दुक । अब लड्नुपर्छ यी बिरोधीहरूसँग । खेल्नु पर्छ रगतको होली यी आततायीहरूसँग । फ्याँक ती कलमहरू जस्ले तिमीहरूलाई सुस्त र लाछी बनाएर एकान्तमा सुस्ताउँन र भावनाको चौकिदार मात्र बनाएँको छ। "  
नेपथ्यबाटै जवाफ गयो...... "भन तिमी को हौ? कबिलाई लाछी बनाई लाठी बोक्न र बन्दुक भिर्न आव्हान गर्ने ? अनि को हुन् ती आततायीहरू जो तिमीलाई बिनासित्ती बिरोधाभास पोखेर लड्न आउँने ?हो ती साँच्चै आतातायीहरू नै हुन् भने पठाऊ कबिको कलमसँग लड्न,कबिको भावनालाई जित्न जस्ले असल भावना र कलमलाई निमोठ्न र गल्हत्याउँन सक्छ । तर तिमी नेपथ्यबाट कलमजिवी र ती आततायी भन्नेहरूलाई जुझाउँने को हौ ?जो आफू लुकेर अरुलाई लडाउँछौ । अरुलाई बेअर्थमा उक्साउँछौ । ल!!! आउ, तिमी सत्य,तथ्य बोकेर ती आततायी र कलमजिवीहरूको माझ र भन । हामीले कुन बिषयमा लड्नु पर्ने ? हामीले एकार्कामा रगतको होली खेलेमा देशले पाउँने के ? आखिर कुनै एकले जितेमा जित कस्को र हार कस्को हुने ? ल भन चाँडो यस्को निर्क्यौल गर । कबि लड्न तयार छ। ती बिरोधीहरूसँग । कलमले छेक्न तयार छ ती दुश्मनहरूको गोली बारुदको निशाना । कलमी मसीले बगाउँन तत्पर छ ती दुश्मन र बिरोधीहरूको प्रहार र अन्यायहरु । "
कलमको यो जवाफ सुन्नसाथ नेपथ्यको आव्हानरुपी आवाज मन्द मन्द हुँदै नेपथ्यमा नै बिलिन भयो । एकातिर कलमजिवी कबि कलम सहित आफ्नो आक्रोश बोकेर मैदानमा उत्रिए । अर्कातिर ती आततायीहरू बारुद र बन्दुक बोकेर ह्रिंशक बनेर उपस्थित भए । ती दुवै समूह एकै मैदानमा भेला हुँदा त उनिहरु दुई समूह नै एकार्कालाई देखेर अचम्भित बनेँ । हेर्छन् त कलमजिबीहरू आफ्नै मामा,बाजे,काकाहरू थिए भने बन्दुकवालाहरू नाति,भतिजा,भान्जाहरू जो तातो उम्लेको खुन बोकेर आफ्नै सन्तान दर सन्तानलाई मार्न उत्साहित बनेर उत्रिएका थिए । उनिहरु दुवै समूह एकार्कालाई भेटेर केही क्षण किङ्कर्तब्यबिमूढ बने र हटातको साथ कलमजिवीहरूले आफ्ना भान्जा,भतिजाहरूलाई आग्रह गरे । "हेर बाबु हो । हामी सबै एकै सन्तान हौं । यसरी नेपथ्यमा बसेर जस्ले हामीलाई लडाईरहेको  छ । अब हामीले त्यसलाई खोज्नु पर्दछ र साँचो र सहि कुरा ओकल्न लगाउँन पर्दछ की आखिर किन त्यसले हामीलाई यसरी द्वन्द्वमा फँसाउँन खोजिरहेछ ?आखिर को हो त्यो र किन हाम्रो नाता सम्बन्धलाई तोढ्न खोजिरहेछ ?"
आफ्ना बाजे,मामाको कुरालाई आत्मसात गरेर ती भान्जा,भतिजाहरू पनि एकै स्वरमा कुर्लिए । ल!!! खोजौं त्यो बैरीलाई जस्ले हामीलाई आततायी बनाएर समाजकै दुश्मन हुन वाध्य बनायो र आफ्नै बाबु,बाजे,दाजु भाइको हत्या गर्न उत्प्रेरित गर्‍यो । अहिलेसम्म हामीलाई अन्धो बनाएर रगतको होली खेल्न वाध्य बनायो । ल !!!!!!!!आउँनु होस् हाम्रा अग्रजहरू हामीलाई साथ् दिनु होस् । हामीलाई बाटो देखाई दिनुहोस् जस्ले हामीलाई आफ्नैबाट पराई बन्न वाध्य गरायो । तिनीहरूलाई हामी दुवैको हतियार कलमी शक्ति र युवा शक्तिले ध्वस्त बनाउँन अघि बढौँ । "
यो हुँकार सुन्नासाथ नेपथ्यको आवाज चकमन्न भयो । दुवै समूहले बिरालोको चाल झैँ एउटा आवाज सुनें । यसो नियाँलेर हेर्दा त एउटा छाँया हत्त पत्त नजिकैको पर्खाल नाघेर भाग्यो जुन पर्खाल दुई देशको सिमाना बनेर उभिएको थियो । अनि ती मामा,काकाहरूले आफ्ना भान्जा,भतिजाहरूलाई कलम हातमा थमाई दिए र आशिर्बादले आ- आफ्ना हातहरू उनिहरुको शिरमा राखिदिए । भान्जा,भतिजाहरू आत्माग्लानीले निथ्रुक्क भिजे झैँ निधारभरी पसिनाहरू चिट्चिट पार्दै आफ्ना काका,बाजे,मामाहरूसँग नतमष्तक बन्दै एकै आवाजमा भन्न थाले । "हामी एक सन्तान हौं । हामीलाई कुनै नौलो आवाज र पराई रगतले लड्न वाध्य बनाएको रहेछ। अब हाम्रो आँखा खुल्यो की बन्दुक र बारुद त पराईले हामीमाथी खेल्ने चाल रहेछ। अब हामी कलम भिर्छौँ र आफ्नै सन्तानको नाम छातिमा लेख्छौं । यहि युद्धभुमिमा कलमले "हामी सन्तान एक, हाम्रो देश नेपाल एक" लेख्छौं ......../" 

0 comments:

Post a Comment