''प्रकृति गीत ''
हेर त्यो नभलाई तिमी
कती स्वचछ अनी मनोरम छ
अटल अनी अमर छ सदा
धर्ती र आकाशको सँगम छ त्यहा ...
साँझ जब रङिन बन्छ
क्षितिजले लाजको घुम्टो ओड्छिन
गोधुली साँझ जब सुनौलो बन्छिन
चराहरु चिबिराउन थाल्छन ...
सोध त्यो धर्तिलाई तिमी
कती महान अनी अजर छौ भनी
पाउनेछौ जवाफमा तिमी
सहनशिलताको खानि हुं भनी ...
बसन्तमा जब पालुवा फेरिन्छ
कोपिलाहरु फक्रन थालछन
सुषुप्त बैंश उर्लिएर
रूपको मादकता छर्न थालछन ...
(2007)
0 comments:
Post a Comment