तिमी,
उन्मादले मदमस्त बतास ,
छिल्लिएर आउँछौ र
उडाइे दिन्छौ निर्लज्जसँग
भाले फूलका ति परागहरु
अनी ,
सारी दिन्छौ नव यौवना फूलका
गर्भाशयमा निसंकोच !!!!!
बेइेमानी बनेर
ति मदमस्त पौरषताका बिजनहरु
सन्तानको उत्पतीका खातिर /
छि!!! कस्तो निर्मोही तिमी त ?
पोथी फूलले न त रजस्वलाको
लाज नै ढाक्न पाउँछे
न,त....,
उस्लाइे भाले फूलको स्पर्ष नै
थाहा हुन्छ,
एक्कासी तुफानी
बेगमा तिमी उस्लाइे
गर्भवती बनाउँन किन
लालायित बन्छौ ?
भन स्पष्टसँग।
तिमी अद्रिश्य छौ भन्दैमा
मनोमानी गर्दै
कसैको कुमारीत्वमा
ग्रहण लगाउँने अभिप्राय
कसरी द्रविभूत भयो
तिमीभित्र ?
हुन सक्छ शायद,
तिमी पनि बाध्यताको शिकार छौ
यस्तो बेइमानी कार्य गर्न
तर बिन्ती....,
आवेशमा आएर
कसैको इच्छा बिरुद्ध
अपरिचित पर पराग
छरेर ति कुमारी फूलहरुको
यौवनसँग खेल्वाड नगर
तिमी त बतास हौ
अद्रिश्य छौ,
मनपरी गर्छौ तर ........,
सोँच ति कुमारी बैंशहरु
अन्जान छन्,शालीन छन्
तिमीजस्ता पातकीहरुबाट
बेखबर छन् ....../
रचना -अक्टोबर/ ३/ २०११ रातको बार्ह बजे
Liked it :)
ReplyDeleteवाह !
ReplyDeleteअन्जान छन्,शालीन छन्
तिमीजस्ता पातकीहरुबाट
बेखबर छन् ......
मिठो क्लाईमेक्स ।