Wednesday, January 25, 2012
" फेरि अर्कै कर्फ्युको प्रतिक्षामा"
जसरी हाम्रो देशमा
बन्दको आव्हान लिएर
प्रतिदिन कर्फ्यु लाग्ने गर्दछ
उसैगरी हत्या,हिँशा,
लुट्पाट अनि अपहरण
जस्ता कलुषित कर्महरुमा पनि
कर्फ्यु शब्द लागु भइदिए
कति जाति हुन्थ्यो होला
ती साधरण जनताहरुको
दिनचर्यामा???????????
खै!के भरोशा रह्यो र ?
देशको रखवाली गर्नेहरू नै
मानव तस्कर बन्छन् भने
देशलाई हाँक्छु भन्नेहरू नै
बहुरूप धारण गरेर
अर्थमा लिलाम हुन्छन् भने
अब बिश्वासको धरोहर नै के भयो र ?
कहिल्यै लिन सकेन अडान
राजनीतिले स्थिरताको,
कहिल्यै पूरा भएन प्रतिक्षा
शान्ति र अमन चयनको,
बन्न सकेन सपना साकार
ती नीरिह आँखाहरूको ।
त्यसैले... सबै प्रतिक्षारत छन्
देशमा अर्को कर्फ्यु लाग्नुको,
जसरी शहर,बजार,गल्ली अनि
देश नै मौन बनेर कर्फ्युको
मौनतामा डुब्नुको अर्थमा,
हो उसरी नै,
उनिहरु प्रतिक्षारत छन्
देशमा अर्को कर्फ्यु लाग्नुको आशामा ........../
रचना - जनवरी -२० /२०१२
0 comments:
Post a Comment