Monday, January 30, 2012

गीत

हारको बाजी जित्नलाई होईन प्रेमको खेल खेलेको
धोकामा कस्तो फँसेछु म त त्यसैले नेल झेलेको....../

आउँदा रहेछन् हज्जारौं छली प्रेमको नाटक गर्नलाई 
फँसाउनलाई भन्ने गर्छन्  तयार छु आजै मर्नलाई ........../

धोकाको आसुँ पिउनलाई होईन कसैको मुटु रोजेको
राहत केही पाउँछु की भनि त्यसैले साथ खोजेको ............./

धाउँदा रहेछन् अनेकौँ स्वार्थी मायाको ढोङ रच्नलाई
फकाउँनलाई मायालु  बन्छन मनभित्र कतै बस्नलाई ........

हारको बाजी .........................../
धोकामा कस्तो ......................../

रचना जुन ११ /२०१० /

0 comments:

Post a Comment