Friday, February 3, 2012

गेंडी

गमक गेँडी               आचार्य प्रभा


रूप मात्र नहेर चाल चलन् बिचार
मनभित्र भएको सोंचलाइे तिखार
दु:ख पाउला ............,
रूप खोज्दै कहाँ जाउला ??????????


घर धन्दा गर्न नि अल्छि गर्छौ बेस्सरी
हुँदैन है सान्नानी घरजम त्यसरी
होस गर है............,
शिपको नै भर पर है .........../


दु:खसँग भागेर नजाउ है आत्तेर
सुखको नै भरमा नबस है मात्तेर
कुरा गैर्‍हो छ .............,




सन्तानको सुखमा जीवन यो बिताउँ
सबैलाई सधैं नै भलो मात्र चिताउँ
स्वच्छ मनले ..........,   
इच्छा पुरा हुन्न धनले ........../


(रचना -अगस्त /२४/ २०११ )

0 comments:

Post a Comment