रुपक गेंडी आचार्य प्रभा
आँखाभरी झल्झली देशलाइे देखेर
उस्कैलागी भनेर कबिता यो लेखेर
छर्दैछु ..............,
मनभित्र घाउ भर्दैछु......../
साँझपख घामको रंगलाइे हेरेर
क्षितिजको सुनौलो द्रिश्यलाइे बेर्हेर
हाँसे नी ..............,
पिरचिन्ता मैले मासेनी ......../
नदेखेको धेरै भो आफ्नो घर संसार
चल्नु पर्दो रहेछ परिस्थिती अन्सार
झेलैमा ................,
चल्दोरैछ भाग्य खेलैमा ........./
पर्खंदैछु त्यो दिन फर्कने त्यो सु'दिन
कैले जाला आजको रुंदै बस्ने कु'दिन
आशैमा ....................,
देश चल्छ हर सासैमा ............/
आफ्नै माटो प्यारो छ जँहा जँहा गए नि
घर आङन् सहज भीर पाखा भए नि
परौँला ..............,
देशमा नै गइ मरौंला ....................../
रचना -अगस्त/ २३/ २०११
0 comments:
Post a Comment