Saturday, February 4, 2012

गीत

 लोक पप गीत          

गुराँस फूल सिउरेर कस्लाई पर्खेकी
इेशाराले बोलाउँदा चैं किन तर्केकी .........../

आखिर मन त ढुङ्गा होइेन किन पार्छौ ढर्रा
मन शायद पग्लिँदो हो कोमल भाव छर्दा ........./

एक्लै जीवन बित्ने छैन पक्कै खोज्लाउ साथी
किन यस्तो अबिश्वास मेरो माया माथी ......../

पछ्यौरीले मुख छोपी कस्लाइे हेरेकी
मैले भने बोलाउँदा चैं खै त टेरेकी ............./

एकदिन त लाग्नै पर्छ खसम घरको बाटो
मीठो मुस्कान छरी देउन घुर्क्याउँनको साटो ......../

मनले भने चाही रैछौ लगाउँछौ घुर्की   
हैन भने आजै लान्छु पाखुरा नै सुर्की ........./

रचना- नोवेम्बर/ २६/ २०११

0 comments:

Post a Comment