आफ्नै भाग्य सम्झी सम्झी दुखी थिएँ म
अपाङ्गपनको पीडाबाट ग्रषित थिएँ म ......./
लाग्थ्यो जीवन प्रकृतिको ठुलो भुल रहेछ
मेरो आफ्नो धन भन्नु आसुँ मुल रहेछ ......./
लाशसरी जीवन मेरो आफ्नै बोझ लाग्थ्यो
आशा र इेच्छाहरु कहाँ कहाँ भाग्थ्यो ........./
सृष्टिकर्ता ईश्वर पनि पापी लाग्थ्यो मलाई
आफ्नै जन्म संसारमा श्रापित लाग्थ्यो मलाई
तर अहिले बुझ्दैछु म जीवन ब्यर्थ होइन
अपाङ्गपन कहिल्यै पनि श्राप बन्ने छैन ....
शरीर मात्र अशक्त छ सोंच बिचार छ तिखो
हात,गोडा नचले नि गर्छु ज्ञानकै सिखो ....../
बुद्धी,बिवेक भएसम्म चिन्ता लिनु हुन्न
अपाहिजको पीडाले अब मलाई छुन्न ............./
रचना - सेपेटेम्बर/ १६/ २०११
0 comments:
Post a Comment