गेंडी
( तीज गेँडी ) आचार्य प्रभा
चेलीबेटी रमाए तीज आयो भनेर
कैले जाने माइेत भन्दै दिन गनेर
हुरुक्क ..........,
मन भयो कस्तो फुरुक्क ........../
दाजु भाइ सम्झँदै बिदेशमा रुँदैछु
माइेतीको झझल्को आसुँले नै धुँदैछु
रेटुँला .............,
अर्को तीज फेरि भेटुँला ............/
सम्झेकी छु माइेती चाडबाड पारेर
एक्लै आज रुँदैछु आसुँ थोपा झारेर
हाँसौंला ...........,
अर्को साल रम्दै नाँचौंला ......../
रचना -अगस्त/ ३०/ २०११
0 comments:
Post a Comment