Sunday, February 5, 2012

गज़ल


जहाँ नै रहौँ,नेपाली भनौँ, इज्जतमा   बसौँ है
प्रवासमा पनि,देशकै लागी,कम्मर कसौँ है ।

कसैले पनि,हेप्दछ भने, बीरता  देखाउँ
शत्रुको छायाँ,मेटिने गरी,सर्प झैँ डसौं है।

नेपाली पन,नेपाली,मन,चाहना यस्तै हून्
निधार भरी,देशकै टीका,सधैं नै घसौं है ।

दु:खले देश,छाडेर आयौं,परीश्रम गर्न नै
आमाको माया,साँचेर चाँडै,स्वदेश पसौं है । 

 ( रचना -अक्टोबर ६ /२०१० )

0 comments:

Post a Comment