परदेशीको बाटो हेरी नपर्खिनु है
ढिलो गरि आएँ भने नतर्किनु है ।
अवश्य नै बोलाउँछु आएँ भने म
आवाज मेरो सुन्दाखेरी नझर्किनु है ।
म त उही मान्छे हुन्छु फेरि भेट्दा नी
आफु चाँही ठुलो बनी नसर्किनु है ।
बानी मेरो उस्तै छ है फर्साइलो नै
तिम्रो बानी बद्लिएर नचर्किनु है ।
तिमीलाई हेर्ने इेच्छ्या असिमित छ
मुहार कतै हेर्न खोजे नफर्किनु है ।
0 comments:
Post a Comment