(आमाकै सम्झनारुपी गजल )
बनेर मुर्ख,सन्तान सारा,फुटेर बर्बाद भो
देशको इज्जत्,निर्लज्ज बनी,लुटेर बर्बाद् भो ।
कोमल मन,आमाको आज,निर्बल भएछ
स्वप्निल सपना,सबै नै उन्को,टुटेर बर्बाद् भो ।
भाँड्भैलो भयो,एकता हेर, शान्ति नै मासियो
हत्या र हिँशा, युद्धमा सबै,जुटेर बर्बाद् भो ।
एकार्का बिच, जलन गरी, आखिर के पायौं ?
गरीब जती , घुन झै ठानी, कुटेर बर्बाद् भो /
अन्याय आफ्नै, ठानेर सबै, क्रुरता अंगाले
मानिस सोझा, गोलीले सबै, भुटेर बर्बाद् भो ।
(रचना -अक्टोबर ६ /२०१० )
0 comments:
Post a Comment