Tuesday, February 7, 2012

गज़ल

  गरें की भूल यस्तरी मैले आँखामा बास मागी
 भयो की गल्ती नमीठो गरि मनले आश मागी ।

 तिमी नै थियौ मनको मेरो दर्हिलो साथ पनि
 दुखाएँ मन शायद मैले साहारा खास मागी ।

  भोग्दैछु आफै पीडाको मर्म तरेर आँशु भेल
 बाँचुला भनि गरेछु भूल तिम्रो नै सास मागी ।

 गरिन मैले कसैको भर छाडेर तिम्रो साथ
 दिएर चोट रुवाएँ मैले मेरो नै लाश मागी । 

 खोसेर हाँसो बिराएँ मैले भूलमा परेँ की त ?
 स्वार्थमा डुबी बनेछु स्वार्थी सुखको रास मागी । 

रचना -सेप्टेम्बर ७ /२०१०

0 comments:

Post a Comment