(देशभक्ती गजल )
देशको चिन्ता मनमा कती लिएर बाँच्दैछौ ?
प्रेमको आसुँ आँखाले कती पिएर बाँच्दैछौ ?
बाध्यतासंगै बाँच्न नै पर्यो देश त्यो भूलेर
फाटेको मन तिमीले कती सिएर बाँच्दैछौ ?
आँगन सम्झी हृदय रुन्छ भक्कानो फुट्दछ
चिन्ता र शोक साँचेर कती खिएर बाँच्दैछौ ?
बिहान साँझ दिनमा पनि देशकै झझल्को
राष्ट्रका लागी आहुती कती दिएर बाँच्दैछौ ?
भूमीको माया कस्लाइ आज नलाग्न सक्छ र ?
साँचेको प्रीत मनमा कती थिए र बाँच्दैछौ ?
0 comments:
Post a Comment