भन्छन् सब दिदी बहिनी तीज आयो रे
मीठा,मीठा गीत तीजको कत्ति गायो रे ।
आहा!सबै चेली खुशीले सार्है रमे है ?
हर्ष,खुशी अनी आनन्दी कस्तो छायो रे ।
शरिर आज टाढा भए नी याद गर्दै नै
सबै चेली,मन,मुटुले खुशी पायो रे ।
पर वर केही नभनी नाता सम्झी नै
इछ्या,खुशी सबै माइती घर धायो रे ।
नाँच्दै हेर कत्ति खुशीले आहा! रमे मन्
भए जत्ती माया मनले हेर लायो रे ।
(रचना -३० अगस्त २०१० )
0 comments:
Post a Comment