Thursday, February 9, 2012

मुक्तक


आफ्नो आफ्नो गन्तब्यमा पाईला चाल्नु पर्छ
मनभित्रको बिसंगतीलाई अब फाल्नु पर्छ
बाधा बनि दुश्मनको पर्खाल ठडे भने
सबै मिली जरैबाट हामीले फाल्नु पर्छ ।

कहिले दाँज्दछौ तिमी कबिलाई रबिसँग
फेरि दाँज्दछौ तिमी गरिबीलाई कबिसँग
गरिबी र कबित्व ताज हुन् दुवै मानवका
आखिर सबैले दाँज्नुपर्छ दुवैलाई छबिसँग ........./ 

तिमी मेरो आफ्नै हौ र त,गाली गर्छु म
तिमी मेरो ढुक्ढुकी हौ,तिमीबिना मर्छु म
जब पिरोलिँन्छौ तिमी मुटु दुख्छ मेरो
त्यसैले त,आसुँ बनी आँखाबाट झर्छु म ......../

अबोला ती ओँठ्हरु पनि भएछन् अब शुरा
गाउँ शहर जँहा तँहि आक्रोशकै गर्छन् कुरा
छोरा,छोरी आफन्तको भरोशा के रह्यो र ?
छोरा,नाती भन्नेहरु नै भएछन् अब शुरा ...../


लजाउँदै मस्किएर छोप्छिन् अंग उनी
आफैसँग आफै नै पर्छिन् दंग उनी ।
एकान्तमा टोल्हाउँदै आफै बात मार्छिन्
कैले कँहि ठुस्किन्छिन् आफैसँग उनी ।  





0 comments:

Post a Comment