Thursday, February 9, 2012

मुक्तक


(प्रकृतीरुपी मुक्तकहरु )

गोधुलीसाँझ गाईबस्तु हेर रमाउँदै फर्केको 
क्षितिजले पनि इन्द्रेणी रंग छिल्लिँदै छर्केको
पाएर हरे!गोठाले लौरी उफ्रन्दै,कराउँदै,
धुलो ती उड्दा बनको बाटो गाई बस्तु हर्केको ......./


बसन्त ऋतु जग्मगाइे दिन्छ हरियाली पाएर
बिरुवा पनि मौलाउँन थाल्छ बासन्ति छाएर
प्रकृती हेर लजाउँन थाल्छे मुसुक्क मुस्काइे
फूलको यौवन लोलाउँन थाल्छ बैँश त्यो आएर ......../


बादलभित्र जून त्यो किन लजाइे लुक्दछ ?
पातको शीत पीडित बनी अचानक सुक्दछ
प्रकृती नियम बुझेर पनि कहिल्यै सकिन्न
ठडेको बाँस अनायस फेरि किन पो झुक्दछ ????????????


रचना -जनवरी/ ३/ १२  

0 comments:

Post a Comment