(देशको आस्थामा समर्पित गजल )
पुछेर आसुँ आमाको माया,पाउँला अब म
रचेर गीत देशको लागि,गाउँला, अब म ।
खोजेर शान्ती कहाँ म जाउँ,देश नै, छाडेर
भएनी जहाँ माटोमै रम्न,आउँला,अब म ।
गएनी टाढा देशको झल्को,झल्झली,आउँछ
मेट्न नै तिर्खा देशको लागि,धाउँला अब म ।
आशा पालेर,बाँच्दैछु यहाँ,माटो पो,सम्झेर
लड्न परेनी,देशको नीम्ति,जाउँला अब म ।
आमा नै हुन,महान हाम्री,अरु के सम्झनु ?
परेमा खान कसम पनि,खाउँला अब म।
0 comments:
Post a Comment