Saturday, February 11, 2012

गज़ल


मान्छे भन्नु श्वास मात्र फेर्नलाई होईन रैछ
समस्यालाई हल्का मानी हेर्नलाई होईन रैछ ।

दु:ख पीडा समस्या नै जीवनको प्रथम प्राप्ती
पिर भयो भनि घाँटी सेर्नलाई होईन रैछ ।

सन्तोषको छहारीले यो मनलाई बार्नु पर्छ
पीडाहरू पासो ठानी बेर्नलाई होईन रैछ ।

जति आउँन् बाधा अड्चन जिन्दगीको दोबाटोमा
सन्ताप् पिर आउँछ भनि घेर्नलाई होईन रैछ ।

हिम्मतले काम लिउँ जीवन् त्यसै सफल बन्छ
बलजफ्ती धाक धम्की टेर्नलाई होईन रैछ ।

रचना - जनवरी १७ /२०११

0 comments:

Post a Comment