के दिउँ र शुभकामना? तिमीलाई मन नै चिसिएको छ
चल्न छाड्यो धड्कन पनी खोइे के'ले बेस्सरी थिचिएको छ ।
छैन कतै राहत पनि,छट्पटियो अत्ती नै मन यो मेरो
चाड्बाडको तितो यादले यो हृदय अन्न झैं पिसिएको छ ।
अतित् बनी बल्झिदिँदो छ बिगतका मीठो पल् छातीभरी नै
सारा इेच्छा आकाँक्षाहरु आज किन यसरी किचिएको छ ।
भुल्न खोज्छु अतितलाइे आँखाभरी छाउँछ सल्बलाउँदै
निधारभरी आशिषको टिका लगाउँने भाग्य नै रित्तिएको छ ।
जमरा र अक्षतारुपी मीठो मिलन् रहेन यो सालमा अब
"प्रभा"को यो भाग्यमा पनी अग्रजको आशिष सिद्दिएको छ ।
रचना -सेपेटेम्बर २८
0 comments:
Post a Comment