जिन्दगीमा सारा खुशी साँच्न चाहन्छौ ?
स्वार्थी बनी आफु मात्र हाँस्न चाहन्छौ ?
कती गरी जतन् गरेँ मैले यो बैँश
दुखाएर मेरो मुटु भाँच्न चाहन्छौ ?
यतिबिघ्न कठोर् बनी तिमी टाढियौ
पलाएको प्रीतको मुना नाँस्न चाहन्छौ ?
भन्ने गर्थ्यौ तिमीबिना निरश् बन्नेछु
म बिना के तिमी एक्लै बाँच्न चाहन्छौ ?
दु:खको त्यो भुमरिमा कती फँसे म
"प्रभालाइे" त्यै पीडामा गाँज्न चाहन्छौ ?
(रचना - सेप्टेम्वर/ २८/ २०११)
0 comments:
Post a Comment