जसो तसो जिन्दगीको रथ यात्रा चल्दैछ
पर्देशको तातो बाफले मुटु सब्को गल्दैछ ।
सन्तानको माया मोह छातीभरी टाँसेर
आफैलाइे यो कर्मले आज हेर छल्दैछ ।
अधरमा बनावटि मुस्कानहरु साँचेनी
आत्मा चाँहि पीरको रापले भित्र भित्रै जल्दैछ ।
देशलागी यो आत्माले जे जती सोँचे'नी
उदेश्यका पर्खालहरु कम्जोर् बनी ढल्दैछ ।
आजसम्म जे जस्तो नै सहे पनी जीवनले
"प्रभाको"त नयाँ आशा मनभित्र पल्दैछ ।
रचना-सेप्टेम्बर/ २४/ २०११
0 comments:
Post a Comment