लेखनबिधाका अर्को बिधा "बिचार" वा "लेख"मा मैले आफ्नै "पुरानो डायरी" वा "नोट बुक"लाइे पात्र बनाएर केही लेख्ने जमर्को गरें । हो यो पुरानो बुढो डायरी मेरो जीवनको महत्वपूर्ण भागको मीठो कथाको पात्र बनेकोछ । जहाँ मेरो जीवनका केही सच्चाइेहरु पनि पोखिन खोजेको छ अली अली । बर्ण बिन्यास र हिज्जेमा त कमी छ नै यस्मा म गुरु कृष्ण वस्ती र भक्तीजीमा सहयोगको अपेक्षा गर्दछु । युनिकोडको प्रयोगले हिज्जेमा गल्ती जानेरै पनि भएको छ कती भने कती आफ्नै लापर्वाही पनि छ । शब्दको गोर्खे लौरीले हान्न नभुल्नु होला ।
(बिचार/लेख ) "मैले च्यात्न नसकेको मेरो बुढो डायरी "
धेरै बर्ष अघिदेखी मैले यो डायरीलाइे सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं यो डायरी मेरो निम्ती जनम जनमको साथी हो। हर स्वास्नी मान्छेहरु विवाह पश्चात सुन,चाँदिका गर-गहनाहरु सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरु जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाइे पनि बडो संचित गरेर राख्दछन् तर म भने यहि डायरीलाई जिन्दगीको सेरो फेरो मानेर जता बँसाइे गए पनि आफुसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुन्द्र पारीको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर म सँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाइेमा होस् ।
यहाँहरु भन्नु होला । उसोभए त्यो डायरीको के त्यस्तो भूमिका र महत्व होला त ? जस्लाइे जहाँ गएपनी जतन र मायाको साथ लैजानु पर्ने । हो,मान्छेका आ-आफ्नै रहर,इेच्छा,आकाँक्षा हुन्छन् । मेरो भने इेच्छा,उदेश्य नै लेखन थियो । म सानैदेखी लेख्न रुचाउँने भएकीले म लेखन क्षेत्रमा नै आफ्ना सपना साँच्न थालेँ । पत्र- पत्रिकाहरुमा २०३४ सालदेखी नै रचनाहरु यदा कदा आउँन थाले जतिबेला म यस्तै १३/१४ बर्षकी थिएँ शायद । उतिबेलै देखिका कतिपय मेरा रचना प्रकाशित भएका पत्रिकाहरु मैले पाए सम्म बटुलेर राख्न थालेकी थिएँ । अब उक्त डायरी मलाई लेख्नलाइे होइन मेरा प्रकाशित रचनाहरु त्यस्मा सुरक्षाकोलागी टाँस्न सजिलो भयो र मैले पाएजती रचनाहरु उक्त डायरीमा काटेर टाँस्न थालेँ । म जहिले जहाँ जाँदा पनि लेख्न नै मन पराउँने स्वभाव भएकीले उक्त डायरी मलाई भारत स्थित सिलिगुडीका मेरा एक जना भेना ज्युले उपहार स्वरूप दिनु भएको थियो आज भन्दा बिस बर्ष अघी । वहाँले त्यो डायरी दिने बेलामा मलाई के भन्नु भएको थियो भने "प्रभा तिमीलाइे म यो डायरी राम्रा राम्रा कबिताहरु भर्नलाइे दिन्छु तर तिमीले फेरिको भेट्मा मलाई यो डायरी भरेर देखाउनु पर्छ नि "भन्ने बचन दिनु भएको थियो । त्यो समय मैले वहाँलाई पनि त्यही बाचा गरेकी थिएँ र उक्त बाचा मैले पुरा पनि गरें तर त्यस्मा कबिता लेखेर होइन प्रकाशित् मेरा सबै अन्तर्वाता र रचनाहरु संगालेर । आज म सम्झिन्छु । त्यो डायरी नै मेरो लेखन मार्गको पथ प्रदर्शक बन्यो जुन मैले उपहारमा पाएँ । त्यो उपहारले गर्दा म जतिबेला त्यो डायरी आफ्नो सामु देख्छु उक्त भेनाको मुहार झल्झली सम्झिन्छु जो मेरोलागी अप्रत्याशित रूपमा लेखन क्षेत्रको प्रेरक बन्नु भयो ।
लेखन क्षेत्रकै हाराहारीसँग मेरो जीवनको दैनिकी पनि त चलिरहेथ्यो । एउटी ग्रिहिणी अनी आमा,पत्नी,बुहारी अनेक साईनोभित्र म आफ्नो भूमिका पनि निभाउँन वाध्य थिएँ । जीवन हो। घाम पानी त भइेरहन्छ र भइेरहन्थ्यो पनि । साँच्चै भन्नु हो भने मेरो जीवनमा घामको झुल्को भन्दा पानीको मुलको नै आधिपत्य बढी थियो उस्बेला । म हर आफ्ना भावनाहरु कलमको साहारामा छताछुल्ल पोख्ने गर्दथें अनी पत्रपत्रिकाको माध्यमबाट आफ्ना जिन्दगीका उकुसमुकुसहरु सबैलाइे बाँड्दथेँ र त्यही डायरी थियो मेरो भावनाका शब्दहरु सुरक्षित गरिदिने । साँच्चै मलाई त्यो बेला लाग्दथ्यो त्यो डायरी मेरो जीवन हो। मेरो दु:खको आसुँ पुछ्ने साथी हो र'त म त्यस्लाइे माया गर्थें र मुटुको टुक्रा झैँ जतन गरेर राख्दथें । समयानुसार डायरीले बुढ्यौलिको रूप फेर्दै गयो । उस्का शरीरले मेरा रचनाका भारहरु थाम्न नसक्ने भइेसके ता पनि म उस्लाइे भार थमाउँदै गइे रहेँ । मानौं ऊ मेरो संरक्षक हो जस्ले मेरो सम्पत्तिको सुरक्षा गरिरहेको छ । कहिले मन आत्तिएको बेला त्यही डायरी पल्टाउँथेँ र शान्त्वनाको स्वाश फेर्दथें । मान्छे हो सबैलाई बाधा अड्चन त आउँछ नै । मलाई पनि बाधा बिरोध त अद्रिश्य रूपमा नआएको थिएन उसबेला मेरो कलमी यात्रामा । कतिपटक त्यही डायरी आँखाको कसिङर पनि नबनेको होइेन । त्यही डायरीलाइे मैले पनि मेरो आकाँक्षाको पर्याय भएपनी मेरो संसारको बिरोधी ठानेकी थिएँ । कहिले त लाग्थ्यो च्यातेर मिल्काइे दिउँ झैँ । हात अघी बढे पनि मनले रोक्दथ्यो र त्यो डायरी मेरो बिनाशी स्वभावबाट बँच्दथ्यो ।
हो,त्यही डायरीले मलाई साहित्यकाशको चुचुरोमा झिनो आशा बनेर भएपनी लेप्सिएर बाँच्न वाध्य गरायो । उतिबेला त्यो प्रकारको डायरी किन्ने ममा सामर्थ्य पनि थिएन । त्यो डायरी साधारण डायरी थिएन । ज्यादै बाक्लो र महत्वपूर्ण थियो । कती पटक त्यो डायरीको सुरक्षाकोलागी मैले गाता लगाएँ र पुरानो हुँदै च्यातिँदै गए तर पनि बुढो डायरी अझै आफु कम्जोर बनेर पनि अझसम्म मेरा रचना र सम्पूर्ण मेरा कलमी लगानिहरुको पाले बनेर मेरो लेखनको रक्षक बनेर अझै मेरो कोठामा पल्टिरहेछ । उसो त यो डायरी मेरो सबथोक मात्र थिएन । घरमा कोही साहित्यिक तथा सांगीतिक पाहुनाहरु आए भने उनिहरुलाइे देखाउने माध्यम पनि थियो । त्यो जमानामा प्राय:सबैको घरमा जाँदा पाहुनाहरुलाई फोटो अल्बम देखाउँने चलन थियो तर म भने ति पाहुनाहरुलाई मेरो उही बुढो डायरी अघाडी राखी दिन्थें । ति साहित्यिक,सांगीतिक वा कोही पनि पाहुनाहरु मेरा डायरी हेरेर छक्क पर्दथे र भन्दथे । आहा!!!!!तँपाइेको यो अमुल्य सम्पत्ति हो । यस्लाइे सुरक्षित गरेर राख्नोस है ? यसरी यो डायरीको प्रचार प्रसार पनि यदा कदा भएकोथियो । कँहि कतै साहित्यिक,सांगीतिक कार्यक्रमहरुमा कसै कसैले यो डायरीको कुरा गर्न पनि पछी पर्दैनथे ।
एकदिन म घरमा यत्तिकै बसिरहेकी थिएँ । एकजना बहिनी आइेन् (जस्को नाम अहिले मैले बिर्सेँ र मनमा गुनेर राख्न पनि जरुरी सम्झिइेन तर मैले सम्झिन अती नै जरुरी रहेछ जुन कुराको महत्व अहिले बुझ्दैछु ।) र भनिन् "दिदी मलाई हजुरको बारेमा जानकारी चाहिएको छ । झापाकी महिला हस्ताक्षरमा यहाँ चिनिनु भएकोले मेरो मास्टर्सको (THESIS)"सोधपत्र" यहाँको बारेमा लेख्ने बिचारले म हजुरसँग अनुरोध गर्न आएकी हुँ । " मैले पनि हुन्छ भन्ने जवाफ दिएँ र फेरि उसैलाइे प्रश्न गरेँ । बहिनी मैले त्यस्तो के नै गरेकी छु र मेरो बारेमा thesis लेख्ने ?जवाफमा उनले भनिन् "होइन दिदी, मोफसलमा बसेर र घर गृहस्ती सम्हाल्दै भए पनि यहाँले धेरै गर्नु भएको छ साहित्यिक सांगीतिक क्षेत्रमा। जुनसुकै पत्र पत्रिका र रेडियो एफ.एमहरुमा यहाँ छाउँनु भएको छ। झापामा अहिलेको परिपेक्षमा यसरी लेखन क्षेत्रमा समर्पित महिला हजुर नै हुनुहुन्छ त्यसैले मैले यहाँलाई सम्झिएर आएँ ।" कुराकानी छोटो नै भयो किनकी म पनि घर धन्दामा ब्यस्त नै थिएँ । मैले उन्को नाम दोहोर्याएर सोध्ने जमर्को पनि गरिन । अल्पपरिचयमा नै मैले उन्लाइे त्यही डायरी थमाएर भनेँ । "बहिनी लु, मेरो श्री सम्पत्ति भनेको नै यही डायरी हो। यहाँ तँपाइेले मेरो बारेमा "क"देखी "ज्ञ"सम्म सबै जानकरी पाउँनु हुनेछ । यही डायरी लगेर मेरो इेतिहासदेखी बर्तमानसम्म पल्टाउँनु र जे,जे देख्नु हुन्छ मेरो बारेमा लेख्नु ।" (हुन पनि उक्त डायरीमा बिभिन्न पत्रपत्रिकाका मेरा अन्तर्वाताहरु प्रकाशित भएका पेपरहरुका कटिङहरु मैले जतनसाथ टाँसेकी थिएँ।)यही भनेर मैले उक्त डायरी त्यो बहिनीलाइे जिम्मा लगाइे दिएँ ।
डायरी लगेर त्यो बहिनी बेपत्ता भइेन् । केही दिन सम्म त मलाई चिन्ता पनि लाग्यो । मेरो त्यत्रो मेहेनतको कमाइे खेर गयो भनेर । फेरि मलाई त्यसरी अर्को डायरी बनाएर नयाँ श्रीजना गर्न मन पनि लागेन र मैले उक्त डायरीलाइे बिर्सने कोशीस गरेँ । बेला बेलामा आफैलाइे भने सराप्दै बसेँ । कम्सेकम डायरी लैजाने मान्छेको पुरा ठेगाना र नाम त सोध्नु पर्छ भन्दै मनमनै गुन्दै रहें । अँ....यत्ती भने थाहा थियो कि त्यो बहिनी भद्रपुर क्याम्पसमा पढेकी हो भन्ने । यसरी त्यो डायरीले मलाई केही समय सम्म चिन्तित बनाइे रहेको थियो । एकदिन अचानक लग्भग ६ महिनापछी त्यो बहिनी झुलुक्क झुल्कीइेन्। त्यो डायरी हातमा लिएर । उनको मुहारमा हर्षको हाँसो झल्की रहेको थियो । उन्ले मलाई उक्त डायरी थमाउँदै भनिन् । "धन्यवाद दिदी यहाँलाइे । यहाँले मेरो ठुलो खुड्किलो काट्न सहयोग गर्नु भयो । यहाँको डायरीमा त संसार रहेछ । यो डायरीले अझ तँपाइे नजिक गराइेदियो । म अती नै आभारी छु दिदीसँग । यस्तो काम गर्न हर कसैले सिकोस् । जसरी यहाँले आफ्ना सारा रचनाहरुको सुरक्षा गर्नु भयो ।" त्यो बहिनीको कुराले म प्रफुल्लित भएँ तर अफसोच!उस्को नाम सोध्ने भन्ने बुद्धी चाँहि फर्किएन मेरो ।
एकदिन अचानक उक्त डायरीलाइे च्यातेर फाल्न मन लाग्यो मलाई। (कारण त्यस्तै पर्यो । यहाँ सबै कुरा भन्न असमर्थ छु म )कुनै कुनै घट्नाहरु चाहेर पनि भन्न सकिन्न, स्त्रीजातिले जुन उनिहरुको जीवनसँग गाँसिएको हुन्छ । म त्यो डायरी हातमा लिएर आँखाभरी आसुँ पार्दै किङ्कर्तब्यबिमूढ बनेर अल्झिरहेकी थिएँ । मेरो एकजना भाइ "लाक्पा" (जो मेडिकल रिप्रेजेन्टेटिव थियो )दमकमा उस्को ड्युटी पर्दा मेरोमा नै आएर बस्दथियो जस्ले मलाइे अत्ती माया गर्दथ्यो कारण उस्ले पहिला दमककै बोर्डिङमा पढाउँदा मेरा नानीहरुलाइे पढाएको कारणले ऊ र हामी बिचमा सामिप्यता बढेको थियो । ऊ त्यो दिन आउँदा मलाई त्यो स्थितिमा देखेर छक्क पर्दै सोध्यो । "दिदी के भयो ?किन तँपाइे आज यस्तो हालतमा ?" मैले अली अली आफ्नो अवस्था भनेँ । उस्ले छोट्करिमा सबै कुरा बुझ्यो र भन्यो । "दिदी तँपाइेले यस्तो गल्ती नगर्नुहोस् । यो डायरीको महत्व अहिले तँपाइेलाइे छैन तर यही डायरीले तँपाइेलाइे जिवन्त बनाउँनेछ । यो त तँपाइेको सम्पत्ति हो । यस्ले के बिगारेको छ र यस्लाई च्यात्न खोज्नु हुन्छ ? प्लिज दिदी यस्तो गल्ती नगर्नुहोस् "भन्दै उस्ले त्यो डायरी खोसेर अन्तै राखिदियो । मैले पनि सोँचे । हो मैले त्यस्तो गल्ती गर्नु हुन्न । त्यही डायरीले गर्दा कसैले आफ्नो पढाईको सिँढि पनि उक्लियो । मेरोलागी पो यो साधारण कुरा भयो त!कुनै दिन फेरि मलाई पनि यस्ले सफलताको सिँढि उक्लन मदत् अवश्य गर्ला । अबदेखी जे जस्तो भएपनी म यो डायरीलाइे च्यात्ने मुर्खता गर्ने छुइेन । त्यो दिन देखी मैले झन त्यो डायरीलाइे माया र सुरक्षा गर्न थालेँ । जे जस्तै परिस्थिती आइेपरे पनि डायरीमाथी आफ्नो रोष पोख्ने कुमती गरिन र लग्भग ३० बर्षदेखी उक्त डायरी अझै मेरो छाँया बनेर अघिपछी नाँची रहेछ ।
म अमेरिका आएको दुई बर्ष पछी एक दिन अचानक एकजना भाइको ईमेल आयो जतिबेला म ईन्टरनेट चलाउँन भर्खर मात्र घरमा नै सिक्दै थिएँ । बस मलाई ईमेल पठाउँन चेक गर्न सम्म मात्र आउँथ्यो । त्यो बेला उक्त भाइ जस्लाई मैले चिनेकै थिइेन । उस्को ईमेलमा पनि त्यही कुरा थियो कि उस्ले ब्याच्लर दोश्रो बर्षको एउटा पेपरमा त्यस्तै आर्टिकल लेख्न पर्यो रे । उस्ले मलाई सम्झिएछ र ईमेल पठायो । त्यो समयमा साइबर संसारमा मेरो अन्तर्वार्ता छापिएको रहेछ र त्यही देखेर उस्ले शायद सम्झियो मलाई। उस्लाइे मेरै बारेमा लेख्ने इेच्छा भयो रे (उस्को नाम भने मलाई अझै थाहा छ । त्रिबेण गलामी जो मेरो अहिले फेसबुकको लिस्टमा पनि छ । )मैले पनि हुन्छ भनेँ र त्यही डायरीबाट साभार गरेर मैले उस्लाई मेरो ब्रितान्त पठाएँ। त्यो समय पनि त्यो बुढो डायरीले सकारत्मक भूमिका खेल्यो ।
त्यही डायरी जस्ले मलाई अमेरिकामा बस्न पाउँने अधिकार दियो भन्न म पछी पर्दिन । मैले यहाँ बस्न पाउँने अधिकार माँग्नलाइे त्यही डायरीलाई साधन बनाएँ । मैले "इमिग्रेसन एण्ड नेचुरलाइजेसन" (immigration and naturalization) म आफुलाइे म के हुँ र आफ्नो देशमा हुँदा मैले के गरेँ? भन्ने प्रमाण दिनलाइे त्यँहाको हाकिमलाइे त्यही डायरी फरर पल्टाएर देखाएँ । उस्ले नेपाली नबुझे पनि अङ्रेजिमा भन्यो Wow!you are Great!!!!!! मैले पनि उस्लाइे त्यही कुरा अर्थ्याएँ कि म नेपालमा हुँदा लेख्थें भनेर ।यदी त्यो डायरी मसँग नभएको भए मैले लेखिकाको प्रमाण कसरी देखाउँन सक्थेँ ? मलाई त्यँहा अनेक प्रमाण,सबुत चाहिन्थ्यो तर त्यही डायरीभित्र नै मेरो संसार थियो त्यसैले उक्त अफिसरको आँखा त्यही डायरीका मेरा सम्पत्तिहरुले दंग पारीदियो र उस्ले "नाइे" वा "हुन सक्दैन" भन्ने शब्द निकाल्नै सकेन । बरु दोहोर्याइे,तेहेर्याइे पो हेर्यो । त्यँहा मेरा केही तस्बिरहरु पनि थिए जुन कोही कबिता बाचन गर्दै गरेका । कोही अन्तर्वाता दिँदै गरेका । कोही नेपालका कबिज्युहरुसँग बसेका यस्तै यस्तै । बरु उक्त अफिसरले त तस्बिर हेर्दै उल्टै मलाई जिस्काउँन पो थाल्यो । हो, त्यो समय त्यो डायरीले मेरो इज्जत जोगाएको थियो र त्यही डायरीले मलाई आज यहाँ बस्ने सुबिधा प्रदान गरेको आभास छ मलाई । त्यो डायरी नै मेरो बलियो आधार बन्यो । त्यो डायरीको महत्व फेरि एकपटक मनमा गढ्यो । मलाई त्यो समय यस्तो महसुश भयो कि आफ्नो देशमा हुँदा म त्यही डायरी च्यापेर नोकरीकोलागी कहाँ कहाँ भड्किएर हिँडिन होला ? त्यही लेखनको आफ्नो देशमा महत्व भएन तर आज आएर अर्काको देशले त्यही कलम र लेखनलाइे महत्व दिएर बस्न पाउँने सुबिधा दियो । त्यो समय मैले मेरो कलम, साहित्य र लेखनलाइे मन मनै सलाम गरेँ र उक्त डायरीलाइे मन मनै चुमेँ । कहिले कँहि यसो डायरी नियाल्छु र सोँच्छु । साँच्चै तिमी मेरो जीवन हौ भन्ने लाग्छ । आजभोली इन्टर्नेटको सुबिधाले कलमले लेख्ने क्रम कम छ न'त पत्रपत्रिकामा नै रचना छापिन्छन् । सबै वेब पत्रिकाले रचनाहरुलाइे कैद गरिसकेको छ त्यसैले यो डायरी अचेल बेकामे भएकोछ समयको परिबन्दले तर मेरोलागी भने झन् यस्को महत्व बढेकोछ । म आफ्ना पुराना दिनका भावनाहरु यसैमा पल्टाउँने गर्छु । जब म यो डायरी पल्टाउँछु। म अतितको सुखद लेखन पलमा हराउँन पुग्छु । यो डलरको खेती गर्ने ठाउँमा हरियो डलरको सुरक्षा गर्नको सट्टा म यही बुढो डायरीलाइे च्यापेर सुखको अनुभव गरिरहेकीछु । अब त कालो रंग बद्लिएर फुस्रो रंगमा मेरो डायरी अनुवाद हुँदै जाँदैछ । जती बुढ्यौलीको रेखा पार गर्दैछ,मेरो डायरीले उत्ती उस्को आयुमा म दिर्घायुको प्रार्थना थप्दै जाँदैछु । मेरो सन्तानहरु झैं बहुमुल्य मेरो यो डायरी शायद मेरो मृत्यु पस्चात पनि बाँची रहने छ। जस्ले यस्को रक्षार्थ यस्लाइे महत्व दिएर राख्नेछ ।
लग्भग २०/२२ बर्ष अघी नै तयार गरिएको डायरी अहिले यो हालतमा ।लग्भग २०/२२ बर्ष अघी नै तयार गरिएको डायरी अहिले यो हालतमा ।
0 comments:
Post a Comment